Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध

पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध


  • 988
    Shares

    पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध
    images

    काठमाडौं । पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ। वर्षासँगै ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड मंगलबार बिहानबाट पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको हो। 

    कान्तिलोकपथ काठमाडौं-हेटौँडा आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो। यो सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्। 

    त्यसैगरी बाढीपहिरोले आज इलाममा मेची राजमार्ग, भोजपुरमा मध्यपहाडी राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध भएका छन्। 

    कतिपय राजमार्गमा पहिरो खस्दा एकतर्फी भएका छन्।

    750644126_4642857769327103_2717051031150895439_n_5S5nMr0XiD.jpg

     

     

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १०:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij