Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंको बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै

काठमाडौंको बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै


  • 743
    Shares

    काठमाडौंको बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै
    images

    काठमाडों ।  काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । 

    काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।

    गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

    घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको छ । 

    अस्पतालका निर्देशक डा किरण नकर्मीले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । उनको २५ देखि ३० प्रतिशत भाग जलेको अस्पतालले जानकारी दिएको छ ।

    घरायसी झगडापछि उनले आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

     

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १०:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij