२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-७ स्थित कटुञ्जेबेशीमा रोशी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
खोला तर्ने क्रममा बगाएर ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले बताएका छन् । सोमबार दिउँसो खोला तर्ने क्रममा पाख्रिनलाई रोशीले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेको टोलीले उनको शव खोलाबाट निकालेर पोस्टमार्टम गर्न धुलिखेल पठाएको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij