Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा

प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा


  • 932
    Shares

    प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा
    images

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् । 

    सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य-मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिएका हुन् । 

    शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिएका छन्। कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु नहुने काँग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने जिकिर गरेका छन् ।

    प्रदेश सरकारहरूको फेरबदल र नयाँ सरकार गठनको प्रक्रियामा प्रतिपक्षको परिकल्पना अपरिहार्य रहेको उनको तर्क छ । लोकतान्त्रिक प्रणालीलाई जोगाउन आवश्यक परे नेपाली काँग्रेस आफू प्रतिपक्षमा बस्न तयार रहेको तर सबै मुख्य दलहरू एउटै सरकारमा ओत लाग्ने प्रवृत्ति उपयुक्त नहुने शर्माले स्पष्ट पारेका छन् ।

    उपसभापति शर्माले भने, देश सरकार गठन वा फेरबदल हुँदा प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरी हामी निष्कर्षमा पुग्न चाहन्छौँ । त्यसका लागि आवश्यक परे नेपाली काँग्रेस पार्टी बरु प्रतिपक्षमा बस्न पनि तत्पर हुन्छ । तर नागरिकको अभिमत र निर्वाचनको मर्मलाई बेवास्ता गर्दै, नागरिकको पछिल्लो मनोविज्ञानभन्दा बाहिर गएर सबै मुख्य दलहरू एउटै सरकारमा अटेर बस्नुपर्छ भन्ने मान्यता हामी राख्दैनौँ । त्यसैले अहिले उत्पन्न भएको विषयको सार यही हो र यसलाई पनि हामी संवादमार्फत समाधान गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले जे चाहन्छ त्यही हुन्छ भन्ने होइन । अन्य सबै राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई पनि सम्मान गर्दै संवादमार्फत समाधान खोजेर हामी प्रदेश सरकारहरूको विषयमा पनि टुङ्गोमा पुग्नेछौँ ।’ 

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १७:१३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij