२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बाजुराको हिमाली गाउँपालिका-५ स्थित क्युडीमा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर ९ जना व्यक्तिहरू घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
क्युडीस्थित कुवाडी-क्युडी कच्ची सड्क खण्डमा सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१-००१ ज १८७८ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर जिप चालक हिमाली गाउँपालिका-२ नातीखोला घर भएका २५ वर्षीय जनवीर बुढा पनि घाइते भएका छन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार घाइते हुनेमा हिमाली गाउँपालिका बस्ने ४० वर्षीय धर्मलाल बुढा, ३१ वर्षीया मिजरा बुढा, हुम्ला घर भएका ४० वर्षीय अम्मर सिंह बुढा, बाजुराको हिमाली गाउँपालिका-२ घर भएकी २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा रहेका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य छ । जिप सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij