Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह


  • 1.5K
    Shares

    ‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह
    images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नगर्न आग्रह गरेको छ ।

    विभागले सोमबार सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडालगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो ।

    विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा सर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

     

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १६:४५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij