Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विराटनगर आइपुग्यो कोलकाताबाट पहिलो कार्गो रेल

विराटनगर आइपुग्यो कोलकाताबाट पहिलो कार्गो रेल


  • 841
    Shares

    विराटनगर आइपुग्यो कोलकाताबाट पहिलो कार्गो  रेल
    images

    काठमाडौं । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरका लागि छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर कस्टम यार्ड आइपुगेको छ।

    स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको उक्त रेल नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत सञ्चालनमा आएको नयाँ व्यवस्थाअनुसार विराटनगर पुगेको हो।

    यससँगै अब तेस्रो मुलुकबाट आयात हुने सामान भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएको छ। यसले पूर्वी नेपालका उद्योग-व्यवसायीको ढुवानी लागत र समय घट्ने अपेक्षा गरिएको छ।

    कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका थिए। विराटनगरमा भन्सार कार्यालयका कर्मचारी तथा व्यवसायीहरूले रेलको स्वागत गरेका छन्।

    यसअघि बथनाहा–विराटनगर कार्गो रेल सेवा नियमित हुन नसके पनि नयाँ नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वयपछि अब कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रूपमा मालसामान ढुवानी गर्ने बाटो खुलेको छ।    

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १४:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij