Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला

आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला


  • 1.1K
    Shares

    आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
    images

    काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरिएको आरोप सार्वजनिक भएको छ । पीडित परिवारले उक्त चेकमा आफ्नो हस्ताक्षर नक्कली गरिएको दाबी गर्दै घटनामा संलग्नमाथि छानबिन र कारबाहीको माग गरेका छन् । घटनाले चेक कीर्ते, बैंकको आन्तरिक सुरक्षा प्रणाली तथा अनुसन्धान प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।

    हाल अमेरिकामा बस्दै आउनुभएकी भक्तपुरकी कुस्मा बुढाथोकीका अनुसार आफूले सांसद तामाङलाई कहिल्यै नचिनेको र कुनै आर्थिक कारोबारसमेत नगरेको अवस्थामा आफ्नो नाममा रहेको सानिमा बैंकको चेक प्रयोग गरेर सांसद तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरिएको हो ।

    पीडित पक्षका अनुसार सानिमा बैंकको सीतापाइला शाखामा प्रस्तुत गरिएको चेक नम्बर ००१३४४२४९ खातामा पर्याप्त मौज्दात नभएकाले बैंकले ‘चेक बाउन्स’ गरेको थियो । त्यसपछि बैंकले ७ जुन २०२६ मा कुस्मा बुढाथोकीलाई इमेलमार्फत जानकारी दिँदै ४५ दिनभित्र रकम जम्मा गर्न अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने चेतावनी दिएको थियो ।

    कुस्माकी बहिनी सुस्मा बुढाथोकीका अनुसार उक्त इमेल प्राप्त भएपछि बैंकबाट आधिकारिक पत्र लिन पटक–पटक प्रयास गरिए पनि विभिन्न बहाना बनाएर पत्र उपलब्ध गराइएको छैन । ‘हामीले पटक–पटक बैंकसँग आधिकारिक पत्र माग्यौँ, तर अहिलेसम्म उपलब्ध गराइएको छैन,’ सुस्माले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार यसले बैंकको भूमिकामाथि समेत शंका उत्पन्न गरेको छ ।

    पीडित परिवारका अनुसार घटनाको केन्द्रमा झापाका जीवनप्रसाद बाँस्कोटा रहनुभएको छ । उहाँ लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताका रूपमा कार्यरत रहनुभएको छ ।

    सुस्माका अनुसार बाँस्कोटाले आफूलाई नेपाल लाइफ इन्स्योरेन्सको शाखा प्रमुख तथा कम्पनीका उच्च अधिकारीहरूसँग निकट सम्बन्ध रहेको भन्दै परिवारसँग निकटता बढाएका थिए । बाँस्कोटाले क्यान्सरबाट पीडित सुस्माका बुबा डम्बरबहादुर बुढाथोकीलाई बीमा गराए उपचार खर्च जुटाइदिने आश्वासन दिँदै विभिन्न शीर्षकमा पटक–पटक रकम लिएको आरोप परिवारको छ ।
    बाँस्कोटाको व्यवहारबाट आजित भएपछि बुढाथोकी परिवारले असार २३ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा बाँस्कोटाविरुद्ध लिखित उजुरी दर्ता गराएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनामाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

    स्वकीय सचिव बताउने व्यक्तिको भूमिका पनि अनुसन्धानको दायरामा
    पीडित परिवारले सांसद आशिका तामाङका स्वकीय सचिव भएको दाबी गर्ने धादिङका दिलीप उप्रेतीको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । सुस्मा बुढाथोकीका अनुसार उप्रेतीले आफू प्रधानमन्त्री तथा गृहमन्त्रीसम्म पहुँच भएको व्यक्ति भन्दै बाँस्कोटा र बुढाथोकी परिवारबीचको विवाद मिलाइदिने आश्वासन दिनुभएको थियो । तर पछि उल्टै सांसद तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरेर बाउन्स गराइएको आरोप उहाँले लगाउनुभयो । उहाँका अनुसार यस घटनाले परिवारमाथि थप मानसिक दबाब सिर्जना गरेको छ ।

    १ करोड ८५ लाखको अर्को चेक पनि बाउन्स
    पीडित परिवारले यही प्रकरणमा जीवनप्रसाद बाँस्कोटाले कुस्मा बुढाथोकीकै नाममा रहेको लामो समयदेखि निष्क्रिय बैंक खाताबाट १ करोड ८५ लाख रुपैयाँको अर्को चेकसमेत काटेर बाउन्स गराएको आरोप लगाएका छन् । परिवारका अनुसार लगातार दुईवटा ठूलो रकमका चेक बाउन्स भएपछि आफूहरू चेक कीर्ते, जालसाजी तथा आर्थिक अपराधको शिकार भएको निष्कर्षमा पुगेका हुन् ।

    उनीहरूले प्रहरी महानिरीक्षकको सचिवालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), गृह मन्त्रालयको गुनासो शाखा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी दिएको बताएका छन् । तर हालसम्म कुनै निकायबाट प्रभावकारी सुनुवाइ नभएको उनीहरूको गुनासो छ । पीडित परिवारका अनुसार कुस्मा बुढाथोकी विदेशमै रहेका बेला योजनाबद्ध रूपमा सांसद तामाङको नामसमेत प्रयोग गरेर चेक काटिएको भन्दै उनीहरूले जिल्ला प्रहरी परिसर काठमाडौँमा थप उजुरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले उक्त उजुरी दर्ता गर्न अस्वीकार गरेको उनीहरूको आरोप छ । यदि यो आरोप सत्य भए अनुसन्धान प्रक्रियामै प्रश्न उठ्ने उनीहरूको भनाइ छ ।

    पीडित परिवारले लामो समयदेखि निष्क्रिय रहेको बैंक खाताबाट यति ठूलो रकमको चेक जारी भएर बैंकिङ प्रणालीबाट प्रक्रिया अघि बढ्नु आफैँमा गम्भीर विषय भएको बताएका छन् । उनीहरूका अनुसार निष्क्रिय खाताबाट जारी गरिएको चेक स्वीकार गर्ने, त्यसलाई बाउन्स गर्ने र खातावालालाई कानुनी चेतावनी पठाउने प्रक्रिया कसरी सम्पन्न भयो भन्ने विषयमा बैंकले स्पष्ट जवाफ दिनुपर्ने अवस्था छ ।
    यस विषयमा सानिमा बैंकसँग आधिकारिक धारणा लिन सोमवार प्रयास गरिएको थियो । तर कार्यालय समय सकिएकाले आज मंगलवार मात्रै सम्पर्क गर्न आग्रह गरिएको छ ।

    जीवनप्रसाद बाँस्कोटाले भने घटनाबारे प्रहरीमा उजुरी परिसकेको र अनुसन्धान चलिरहेको भन्दै विस्तृत टिप्पणी गर्न अस्वीकार गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै ‘यो विषय अहिले प्रहरीको अनुसन्धानमा छ । व्यक्तिगत लेनदेनको विषय कसरी समाचार बन्छ’ भन्ने प्रतिप्रश्न गर्नुभयो ।

    उता, सांसद आशिका तामाङसँग प्रतिक्रिया लिन बारम्बार मोबाइल सम्पर्क गर्दा फोन उठेन । सांसदका स्वकीय सचिव भएको दाबी गरिएका दिलीप उप्रेतीलाई ९८५११८०७७४ नम्बरमा पटक–पटक सम्पर्क गर्दा पनि उहाँ फोन सम्पर्कमा आउन चाहनुभएन ।

    यस प्रकरणमा चेक कीर्ते भएको हो वा होइन, सांसद आशिका तामाङको नाम कसरी प्रयोग भयो, बैंकको आन्तरिक नियन्त्रण प्रणालीमा कमजोरी थियो वा थिएन र पीडित परिवारले लगाएका आरोप कति तथ्यपरक छन् भन्ने विषय अनुसन्धानबाट मात्रै पुष्टि हुनेछ ।

    हालसम्म सार्वजनिक भएका विवरणहरू पीडित पक्षका दाबी तथा उपलब्ध कागजातमा आधारित छन् । अनुसन्धान सम्पन्न भएपछि सम्बन्धित निकायको निष्कर्षले मात्रै घटनाको वास्तविकता स्पष्ट पार्नेछ । त्यसैले यो प्रकरण निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित अनुसन्धानको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ ।जीवनकै ठूलो सपना भएको बताए।

    ‘मलाई यो स्थानमा पुग्ने अवसर दिएकोमा अध्यक्षप्रति आभारी छु। यो हरेक प्रशिक्षकको सपना हो। प्रशिक्षक टोली र खेलाडीहरूले अन्तिम क्षणसम्म आफ्नो सम्पूर्ण प्रयास गरेका छन्। अब मैले आफ्ना लागि केही समय निकालेर भविष्यबारे सोच्न आवश्यक ठानेको छु।’

    बोल्दै जाँदा स्कालोनीको स्वर भरिएको थियो। आँसु पुछ्दै उनले भने, ‘मलाई साथ दिनुहोस्, म अघि बढ्न सक्छु कि सक्दिन, थाहा छैन।’

    उनले अर्जेन्टिनाको प्रशिक्षक बन्ने अवसर आफू र आफ्नो सहयोगी टोलीले कहिल्यै कल्पना नगरेको बताए। ‘यो स्थान अद्भुत छ, सपनाजस्तै छ। हामीले यहाँसम्म पुग्ने कल्पना पनि गरेका थिएनौँ। तर यहाँ निरन्तर रहन मानसिक रूपमा नयाँ सुरुआत गर्नुपर्छ। फेरि यस्तै टोली निर्माण गर्नु निकै कठिन काम हो।’

    त्यसपछि स्कालोनी कुर्सीबाट उठे, पत्रकारहरूसँग माफी मागे र भने, ‘यो निकै पीडादायी छ। म साँच्चै क्षमाप्रार्थी छु।’ यति भन्दै उनी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिए।

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १४:२१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij