Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शुक्लाफाँटा निकुञ्जमा हराएका सबै महिला सकुशल परिवारको सम्पर्कमा

शुक्लाफाँटा निकुञ्जमा हराएका सबै महिला सकुशल परिवारको सम्पर्कमा


  • 1.8K
    Shares

    शुक्लाफाँटा निकुञ्जमा हराएका सबै महिला सकुशल परिवारको सम्पर्कमा
    images

    काठमाडौं ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका भीमदत्त नगरपालिका-१९ का सम्पर्कविहीन महिलाहरू अन्ततः सकुशल परिवारको सम्पर्कमा आएका छन्।   

    भीमदत्त नगरपालिका-१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब सवा १२ बजे महिलाहरू आफैं परिवारसँग सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलभित्र च्याउ खोज्ने क्रममा बाटो बिर्सिएपछि सम्पर्कविहीन भएको बताएका छन्।

    महिलाहरू सुरक्षित रहेको जानकारी प्राप्त भएपछि उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली बागफाँटा पुगेको छ। उनीहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि महिलाहरू सकुशल परिवारको सम्पर्कमा आएको पुष्टि गरेका छन्।

    यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाँडी गाउँपालिका-२ का तीन जना महिलालाई भने नेपाली सेनाको सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो।

    निकुञ्जमा च्याउ टिप्न प्रवेश गरेका विभिन्न समूहका महिलाहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। हाल सबै महिला सकुशल फेला परेको जनाइएको छ।

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १३:२६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij