Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पहिरो पन्छिएपछि नारायणगढ–काठमाडौं सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छिएपछि नारायणगढ–काठमाडौं सडक दुईतर्फी सञ्चालन


  • 1.0K
    Shares

    पहिरो पन्छिएपछि नारायणगढ–काठमाडौं सडक दुईतर्फी सञ्चालन
    images

    काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड  सुचारु भएको छ । 

    नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठुला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।

    शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    अवरोध खुलाउन सडक योजनाका तर्फबाट रातिदेखि नै एक्स्काभेटर, लोडर र टिपर जस्ता आवश्यक मेशिन तथा उपकरणहरू परिचालन गरिएको थियो । 

    निरन्तरको प्रयासपछि आइतबार बिहान ११ः ०० बजे सडकमा थुप्रिएको सम्पूर्ण पहिरो पन्छ्याउन प्राविधिक टोली सफल भएको जनाएको छ । 

     

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १३:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij