Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिलाको खोजीमा सेना परिचालित

कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिलाको खोजीमा सेना परिचालित


  • 904
    Shares

    कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिलाको खोजीमा सेना परिचालित
    images

    काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनीहरू बिहान करिब ११ बजेदेखि परिवारसँग सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टका अनुसार भीमदत्त नगरपालिका-१९ बागफाँटाका ती महिलाहरूको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालित गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र खटिएको सेनाको टोलीले खोजी कार्य जारी राखेको छ।

    प्रहरीका अनुसार सम्पर्कविहीन महिलाहरू निकुञ्जको मालुमेला पोस्टबाट भित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्।  

    उनीहरूसँगै निकुञ्जमा गएका अन्य तीन जनाले परिवारसँग फोनमार्फत सम्पर्क गरेपछि प्रहरीले उनीहरूको सकुशल उद्धार गरेको थियो। हाल सम्पर्कविहीन १४ महिलाको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १२:४२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij