Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पुँजी बजार र बीमा क्षेत्रबारे प्रधानमन्त्रीको उच्चस्तरीय छलफल आज

पुँजी बजार र बीमा क्षेत्रबारे प्रधानमन्त्रीको उच्चस्तरीय छलफल आज


  • 883
    Shares

    पुँजी बजार र बीमा क्षेत्रबारे प्रधानमन्त्रीको उच्चस्तरीय छलफल आज
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्न भएका छन् ।

    सोमबार दिउँसो १२ बजे  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन् । 

    त्यस्तै, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुँदैछन्। यस्तै प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

    बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुने बताइएको छ ।

     

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - ११:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij