Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

काठमाडौंमा अनलाइन जुवा खेलाउने ४ जना पक्राउ, झण्डै २ करोडको कारोबार भेटियो

काठमाडौंमा अनलाइन जुवा खेलाउने ४ जना पक्राउ, झण्डै २ करोडको कारोबार भेटियो


  • 1.2K
    Shares

    काठमाडौंमा अनलाइन जुवा खेलाउने ४ जना  पक्राउ, झण्डै २ करोडको कारोबार भेटियो
    images

    काठमाडौं । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका-१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकी छन् ।

    उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ । मोबाइल बैंकिङसमेतबाट १ करोड ९६ लाख तीन हजार ५१९ बराबरको कारोबार गरेको खुल्न आएको भट्टराईले बताए ।

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - ११:१९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij