Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौं बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

काठमाडौं बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का


  • 3.4K
    Shares

    काठमाडौं बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
    images

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ । 

    कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले  बताए ।

    सुनुवार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् । सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - ११:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij