Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फिस्लिङमा पहिरो: नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सवारी आवागमन ठप्प

फिस्लिङमा पहिरो: नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सवारी आवागमन ठप्प


  • 2.4K
    Shares

    फिस्लिङमा पहिरो: नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सवारी आवागमन ठप्प
    images

    चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो जाँदा मुग्लिन नारायणगढ सडक अवरुद्ध बनेको छ। 

    फिस्लिङको पानीधारा र चुमखोलामा गएराति पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध भएको हो। आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो प्रहरीले जनाएको छ।  
        
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए। 

    अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ। पहिरो खसेपछि सवारी साधन पूर्णरुपमा रोकिएका छन्। 
        
    स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १०ः०० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो।

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - ०८:३९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij