Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड


  • 1.1K
    Shares

    आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड
    images

    काठमाडौँ । आज साउन महिनाको पहिलो सोमबार । सौरमासअनुसार साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको छ ।

    साउन महिनाको पहिलो सोमबार भगवान शिवको पूजाआराधनाका लागि आज बिहानै देखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।

    पशुपतिनाका चारवटै ढोका बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।

    साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

    पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

    साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्र दान गरी व्रत समापन गर्दछन् ।

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - ०७:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij