२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। घटनामा एक भारतीय नागरिक घाइते भएका छन् भने एक नेपालीसहित दुई जनालाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कुलेश्वर पुल नजिक अपरेसन सञ्चालन गर्दा दुई राउण्ड गोली चलाएको थियो। ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरिएको छ।
गोली लागेर घाइते भएका भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको ब्यूरोले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij