Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भाषणमै सीमित भयो अर्थमन्त्री वाग्लेको ‘बिजुली भाउ नबढ्ने’ घोषणा

भाषणमै सीमित भयो अर्थमन्त्री वाग्लेको ‘बिजुली भाउ नबढ्ने’ घोषणा


  • 1.4K
    Shares

    भाषणमै सीमित भयो अर्थमन्त्री वाग्लेको ‘बिजुली भाउ नबढ्ने’ घोषणा
    images

    काठमाडौं । ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लागू भएको छ। चालु आर्थिक वर्ष २०८३\८४ को बजेटअनुसार साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो।

    बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम उपभोक्तालाई बिजुलीको मूल्य नबढ्ने गरी महसुल समायोजन गर्ने बताएका थिए। तर बजेट कार्यान्वयन सुरु भएको केही दिन बितिसक्दा पनि विद्युत् महसुल घटाउने वा उपभोक्तालाई राहत दिने कुनै ठोस निर्णय भएको छैन।

    आन्तरिक राजस्व विभागका अनुसार ५० युनिटसम्मको घरायसी विद्युत् खपतमा भ्याट लाग्दैन। तर ५० युनिटभन्दा माथिको खपतमा मात्रै ५ प्रतिशत भ्याट लाग्नेछ। अन्य सबै व्यावसायिक तथा औद्योगिक उपभोक्ताले भने पहिलेझैँ १३ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था कायम छ।

    नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐनअनुसार नयाँ बिलिङ प्रणाली लागू गरिसकेको जनाएको छ। यता विद्युत् नियमन आयोग पदाधिकारीविहीन रहेकाले विद्युत् महसुल समायोजनको प्रक्रिया अघि बढ्न नसकेको सम्बन्धित निकायहरूको भनाइ छ। त्यसैले अर्थमन्त्रीले संसद्मा गरेको ‘बिजुलीको भाउ नबढ्ने’ प्रतिबद्धता हालसम्म व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। 

    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १६:२०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij