Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल प्रहरीका आईजीपी कार्की बैंकक प्रस्थान

नेपाल प्रहरीका आईजीपी कार्की बैंकक प्रस्थान


  • 995
    Shares

    नेपाल प्रहरीका आईजीपी कार्की बैंकक प्रस्थान
    images

    काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । 

    थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ । आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन् ।  

     

    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १५:४६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij