Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा १७ वटा संशोधन

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा १७ वटा संशोधन


  • 792
    Shares

    अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा १७ वटा संशोधन
    images

     काठमाडौं । प्रतिनिधिसभामा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक २०८१ माथि १७ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन् ।

    सांसदहरू परशुराम तामाङ, गणेशबहादुर विश्वकर्मा, प्रमिलाकुमारी गच्छदार, गणेश पराजुली, नरेन्द्रकुमार केरुङ, सुम्नीमा उदास, सुशील खड्का, अनुश्का श्रेष्ठ, प्रकाशचन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राखेका हुन् ।

    यसैगरी सांसदहरू भूमिका लिम्बू सुब्बा, कुलभक्त शाक्य, ऐनबहादुर महर, गणेश कार्की, गुरुप्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधन प्रस्ताव राखेका छन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले ‘परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका’ भन्ने शब्दहरूको सट्टामा ‘पुस्तौदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान, सिप तथा अभ्यास जस्ता’ प्रस्तावनामै राख्नुपर्ने प्रस्ताव राखेका छन् ।

    रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रस्तावनालाई पूरै संशोधन गर्ने प्रस्ताव गरेका छन् ।

    ‘नेपालमा बसोबास गर्ने व्यक्ति, समूह वा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान गरी अभिलेखीकरण, संरक्षण, प्रवर्धन, पुस्तान्तरण, समुदायको अग्राधिकार, सांस्कृतिक विविधताको सम्मान, सामाजिक सद्भाव, समावेशी राष्ट्रिय एकता तथा भावी पुस्ताको हित सुनिश्चित गर्न वाञ्छनीय भएकाले संघीय संसद्ले यो ऐन बनाएको छ’ भनेर लेख्ने पराजुलीको प्रस्ताव छ ।

    रास्वपा सांसद कमल सुबेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी जनजाति लगायत विभिन्न जाति, क्षेत्र र समुदायले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदालाई युनेस्कोको विश्वव्यापी मान्यताको आधारमा पहिचान, संरक्षण, पुनर्जीवीकरण र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले’ ऐन बनाएको भनेर लेख्ने प्रस्ताव राखेका हुन् ।

    रास्वपाकै अर्का सांसद सुलभ खरेलले ‘नेपालभित्र तथा विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति, समूह तथा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्न वाञ्छनीय भएकाले’ ऐन बनाएको भनेर प्रस्तावनामा लेख्ने प्रस्ताव गरेका छन् ।

    नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले ‘अभौतिक’ भन्ने शब्दको सट्टा ‘मौलिक’ भनेर लेख्नुपर्ने प्रस्ताव राखेका छन् । यो विधेयक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफलमा छ ।

    २२ असारमा बसेको प्रतिनिधिसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले स्वीकृत गरेर दफावार छलफलका लागि संसदीय समितिमा पठाएको हो ।

    अब सांसदहरूको संशोधन प्रस्ताव र विधेयकलाई एकै ठाउँमा राखेर संसदीय समितिले छलफल गर्छ । त्यसआधारमा विधेयक संसदीय समितिले पारित गर्छ र प्रतिनिधिसभामा पेस गर्छ ।

    प्रतिनिधिसभाले पारित गरेपछि पुनस् राष्ट्रिय सभामा जान्छ । प्रतिनिधिसभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि राष्ट्रिय सभाका अध्यक्ष हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक रूपमा रुपान्तरित भएर लागु हुन्छ ।

    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १५:३५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij