२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू नेपाल–भारत सीमा क्षेत्र सुस्ताको अवस्था अध्ययन तथा अवलोकन गर्न नवलपरासी प्रस्थान गरेका छन्।
अभियानका अनुसार टोलीमा अजय सोडारी, सुजन पौडेल, सुप्रिया नेपाली, सुनिल विक, प्रकाश बम र विकास साही सहभागी रहेका छन्। टोलीले सुस्तामा लामो समयदेखि रहँदै आएको सीमा विवाद, स्थानीय बासिन्दाको जनजीवन तथा सीमा सुरक्षाको अवस्थाबारे प्रत्यक्ष अध्ययन गर्ने जनाएको छ।
अभियानले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका विषयमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यसअघि कालापानी–लिपुलेक सीमा क्षेत्रको पनि अवलोकन भ्रमण सम्पन्न गरेको जानकारी दिएको छ। सुस्ता भ्रमणलाई पनि राष्ट्रिय सीमा रक्षासम्बन्धी अभियानको निरन्तरताका रूपमा लिइएको अभियानले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij