Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जंगली च्याउ खाँदा एक महिलाको मृत्यु, ६ जना बिरामी

जंगली च्याउ खाँदा एक महिलाको मृत्यु, ६ जना बिरामी


  • 995
    Shares

    जंगली च्याउ खाँदा  एक  महिलाको मृत्यु, ६ जना बिरामी
    images

    काठमाडौं  । दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएकी एक गृहिणीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो ।

    गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो ।

    बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १२:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij