Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ


  • 1.1K
    Shares

    शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
    images

    काठमाडौं । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई-टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ।

    कृषि, वन तथा वातावरण मन्त्रालयको पहलमा सुरु गरिएको परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई-टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको हो।

    कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा कम्प्युटर, थर्मल प्रिन्टर, क्यूआर स्क्यानरलगायत आवश्यक उपकरण उपलब्ध गराइनेछ। विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार तथा चेकपोस्टहरूमा पनि क्रमशः ई-टिकेटिङ सेवा विस्तार गरिने योजना रहेको छ।

    मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई-टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

     

    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १०:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij