Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३': अनिश चापागाईंले जिते १ लाख पुरस्कार

सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३': अनिश चापागाईंले जिते १ लाख पुरस्कार


  • 1.5K
    Shares

    सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३': अनिश चापागाईंले जिते १ लाख पुरस्कार
    images

    काठमाडौं । 'सोफा हब काठमाडौं'ले आयोजना गरेको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' को उपाधि अनिश चापागाईँले जितेका छन्। शुक्रबार साँझ भक्तपुरमा आयोजित समारोहका बीच चापागाईँलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित अवार्ड प्रदान गरियो । 

    प्रतिस्पर्धामा सहभागी ३२ जना सर्टलिस्टेड क्रिएटरहरूमध्येबाट 'टिम ४४४' दोस्रो हुँदै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो। त्यसैगरी, सागर पाण्डे र श्रीजन श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै जनही २५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। 

    चर्चित कलाकार सन्दीप क्षेत्री र भिडियो मेकर सम्राट अधिकारी सम्मिलित निर्णायक मण्डलले भिडियोको गुणस्तर, सिर्जनशीलता र ब्राण्ड प्रस्तुतिको आधारमा विजेता घोषणा गरेको हो। सो अवसरमा कलाकार क्षेत्रीले युवाहरूलाई कडा परिश्रम र सही प्रक्रियामा विश्वास गर्न आग्रह गरे।

    चर्चित फर्निचर ब्रान्ड सोफा हब छैटौँ वर्ष प्रवेशको अवसरमा आयोजित उक्त अवार्ड समारोहमा  पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै 'रातोपाटी डटकम'का सहायक सम्पादक राजकुमार सिग्देललाई 'उत्कृष्ट पत्रकारिता सम्मान २०८३' बाट सम्मानित गरिएको थियो ।
    WhatsApp-Image-2026-06-19-at-9.05.18-PM.jpeg
    कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबले नेपाली बजारमा आयातित फर्निचरलाई प्रतिस्थापन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

     कार्यक्रममा आमा छोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का अध्यक्ष अनिल थापा, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ महासचिव प्रेमहरि मैनाली, रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्त, पर्यटन व्यवसायी रामप्रसाद सापकोटालगायतको समेत सहभागिता रहेको थियो । 

    समारोहलाई मनोरञ्जनात्मक बनाउन गायिका सिर्जना खत्री (हाउडे माया), रेखा पोखरेललगायत सांगीतिक प्रस्तुति दिएका थिए । 'नेपाली श्रम र सीपको सम्मान' भन्ने उद्देश्यका साथ अघि बढेको सोफा हबले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य राखेको कम्पनीका संस्थापक तारालाल धरेलले जानकारी दिए ।

    उनले सोफा हबको हाल ११ वटा शाखा रहेको भन्दै छिट्टै जनकपुरमा १२ औँ शाखा उद्घाटनको तयारीमा रहेको बताए । सोफा हबले हाल ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । 

    प्रकाशित मिति :श्रावण २ २०८३ शनिवार - ०९:४९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij