Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जिप सडकबाट करिब ४ सय मिटर तल खस्यो, २ जनाको मृत्यु, ३ घाइते

जिप सडकबाट करिब ४ सय मिटर तल खस्यो, २ जनाको मृत्यु, ३ घाइते


  • 2.1K
    Shares

    जिप सडकबाट करिब ४ सय मिटर तल खस्यो, २ जनाको मृत्यु, ३ घाइते
    images

    बैतडी । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खर्स्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

    धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।

    दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका -१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

    प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् । यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

    जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

    प्रकाशित मिति :श्रावण २ २०८३ शनिवार - ०७:५१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij