२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित संघर्ष समिति र सरकारबिच आज ९ बुँदे सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएका हुन्।
गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको पीडितहरूको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबिच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।
सोही सहमति बमोजिम हिजोमात्र काठमाडौँ आइपुगेको पीडित पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबिच सिंहदरबारमा भएको सघन संवादपछि सहमति जुटेको हो। सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको टोलीले वार्ता गरेको थियो।
सहमति पत्रमा मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुनी तथा प्रशासनिक प्रक्रियालाई चुस्त बनाउने, पीडितहरूमाथि भएका अन्यायपूर्ण तमसुक र जग्गा हडपिएका घटनाको छानबिन गरी कैफियत देखिएमा खारेज गर्ने तथा दोषीमाथि कडा कारबाही गर्ने उल्लेख छ।
सहमति पश्चात आन्दोलनरत मिटरब्याज पीडितहरूले आफ्नो न्याय मार्च सफल भएको बताउँदै आजैदेखि आन्दोलन विसर्जन गरी गृहजिल्ला फर्किने तयारी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij