Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दुर्गा प्रसाईंको कार्यक्रममा आत्महत्या गर्छु भन्दै दुई महिला मञ्चतर्फ बढेपछि...

दुर्गा प्रसाईंको कार्यक्रममा आत्महत्या गर्छु भन्दै दुई महिला मञ्चतर्फ बढेपछि...


  • 1.3K
    Shares

    दुर्गा प्रसाईंको कार्यक्रममा आत्महत्या गर्छु भन्दै दुई महिला मञ्चतर्फ बढेपछि...
    images

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा शुक्रबार दुई महिलाले आत्महत्याको प्रयास गरेका छन्।

    काठमाडौंस्थित एभरेस्ट होटलमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम चलिरहेकै बेला ती महिलाले आफूहरूको समस्या सम्बोधन गर्न माग गर्दै चिच्याएका थिए। उनीहरू रुँदै मञ्चतर्फ बढेपछि आयोजकले तत्काल नियन्त्रणमा लिँदै सम्हालेका थिए। घटनापछि केहीबेर कार्यक्रम प्रभावित बनेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले देशको आर्थिक अवस्था अत्यन्त कमजोर बनेको र मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको दाबी गरे। उनले आगामी दसैंको आसपास नेपालमा विदेशी सेना आउने दाबीसमेत गरेका थिए।

    प्रसाईंले देशको आर्थिक स्थिति अत्यन्त दयनीय अवस्थामा पुगेको तथा देश धेरै अप्ठेरो अवस्थामा पुगेको भन्दै सिंहदरबार र बालुवाटार अगाडी एकै दिन ५० जनाले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १७:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij