Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मिटरब्याज पीडित र सरकारबीच ६ घण्टादेखि वार्ता

मिटरब्याज पीडित र सरकारबीच ६ घण्टादेखि वार्ता


  • 1.5K
    Shares

    मिटरब्याज पीडित र सरकारबीच ६ घण्टादेखि वार्ता
    images

    काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारबीच सिंहदरबारमा शुक्रबार झण्डै ६ घण्टादेखि वार्ता जारी छ। दुवै पक्षबीच पीडितका मागमा सहमति जुटाएर आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन्।

    पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी पनि सहभागी छन्।

    सरकारी पक्षका अनुसार यसअघि सिमरामा गृहमन्त्रीसँग भएको मौखिक सहमतिलाई लिखित सम्झौतामा रूपान्तरण गर्दै औपचारिकता दिने उद्देश्यका साथ वार्ता भइरहेको छ।   

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १५:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij