Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारमा हरियाली, २५९ कम्पनीको मूल्य बढ्यो

शेयर बजारमा हरियाली, २५९ कम्पनीको मूल्य बढ्यो


  • 2.1K
    Shares

    शेयर बजारमा हरियाली, २५९ कम्पनीको मूल्य बढ्यो
    images

    काठमाडौं । साउनको पहिलो कारोबारको दिन शुक्रवार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई सर्ट सेलिङ सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै शेयर बजारमा हरियाली छाएको छ। 

    आज नेप्से परिसूचक ७९.७४ अंकले बढेर २,६७७ को विन्दुमा कायम भएको छ । आज २५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज बजारमा भारी अंकको वृद्धि हुँदा पनि कारोबार रकम भने साढे ४ अर्बमै सीमित भएको छ । हिजो ७ अंकले बढेको बजारमा ४ अर्ब ५२ करोड माथिको कारोबार भएको थियो ।

    बैंकिङ २.४१, विकास बैंक २.१८, फाइनान्स ३.३९, होटल तथा पर्यटन ३.६६, जलविद्युत् ४.५८, लगानी ४.१२, जीवन बीमा २.७४, उत्पादन तथा प्रशोधन ४.६०, माइक्रोफाइनान्स १.८०, निर्जीवन बीमा २.११, अन्य २.७७ तथा व्यापार ०.८३ प्रतिशत बढेको छ ।

    दुई कम्पनी श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत बढेको छ । शिखर पावरको १२.५४, रिजलाइन इनर्जीको १२.०६, मिडसोलु हाइड्रोपावरको १२.०५, सिटी होटलको ११.९९, थ्रीस्टार हाइड्रोपावरको १०.९६, भुजुङ हाइड्रोपावरको १०.७२ तथा नेसनल हाइड्रोपावरको १०.७० प्रतिशत मूल्य बढेको छ ।

    आत्मनिर्भर लघुवित्तको मूल्य १५ प्रतिशत घटेको छ । फस्र्ट माइक्रोफाइनान्सको ८.७२ तथा कर्पोरेट डेभलपमेन्टको ४.१७ प्रतिशत मूल्य घटेको छ । धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप छन् ।

     

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १५:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij