Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आँधी, हुरी र तुफानसँग जुध्दै एमाले अघि बढ्छ : ओली

आँधी, हुरी र तुफानसँग जुध्दै एमाले अघि बढ्छ : ओली


  • 1.2K
    Shares

    आँधी, हुरी र तुफानसँग जुध्दै एमाले अघि बढ्छ : ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले विभिन्न चुनौती र राजनीतिक उतारचढाव पार गर्दै आफ्नै बलमा अघि बढ्ने बताएका छन्।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको वेबसाइट तथा एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत निर्वाचनमा धक्का लागेको स्वीकार गरे पनि पार्टी कमजोर नभएको स्पष्ट पारेका छन्।

    उनले एमालेलाई कसैको सहारामा टिक्ने पार्टी नभई आफ्नै शक्ति र जनसमर्थनका आधारमा अघि बढेको संगठन भएको बताएका छन्। विभिन्न प्रयासबाट एमालेलाई एक्ल्याउन खोजिए पनि पार्टी त्यसबाट विचलित नहुने उनको भनाइ थियो।

    अध्यक्ष ओलीले एमालेलाई स्वतन्त्र, बलियो र विशाल वृक्षसँग तुलना गर्दै आँधी, हुरी, तुफान, बाढीलगायत अनेक चुनौती सामना गर्दै यहाँसम्म आइपुगेको उल्लेख गरेका छन्। उनले आगामी दिनमा पनि पार्टी नवीकृत भएर आफ्नै बलमा अघि बढ्ने दाबी गरेका छन्।

    यस अवसरमा एमालेले आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको छ।

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १४:४४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij