Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सञ्चालनमा आएको तीन दिनमै फेरि बन्द तातोपानी नाका

सञ्चालनमा आएको तीन दिनमै फेरि बन्द तातोपानी नाका


  • 988
    Shares

    सञ्चालनमा आएको तीन दिनमै फेरि बन्द तातोपानी नाका
    images

    काठमाडौं । नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै फेरि बन्द भएको छ । बिहीबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि पुन: बन्द भएको हो ।

    बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सडक बगाएपछि सीमा नाकाको आवतजावत पूर्ण रूपमा रोकिएको हो । स्थानीय प्रशासनका अनुसार वर्षापछि खोल्साको पानी सडकमै पसेर सडक क्षतिग्रस्त बनेको छ ।

    सडक डिभिजन कार्यालय चरिकोटले मर्मतपछि बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो। सडक खुलेसँगै ३५ वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए । 

    दुई दिनदेखि परेको वर्षाले लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै वर्षेनी जोखिम मानिने इको क्षेत्रमा सडक भासिने समस्या दोहोरिएको छ । उक्त क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीतर्फ झर्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।

    सडक डिभिजन कार्यालय चरिकोटका फिल्ड इन्जिनियर सुरेन्द्र सिंहका अनुसार इको क्षेत्रमा माथिबाट झर्ने खोल्साको पानी र तलबाट बग्ने भोटेकोशी नदीको कटानका कारण पानी पर्नासाथ सडकमा समस्या देखिने गरेको छ ।

    नेपाल र चीन सरकारबीच दुई चरणको सम्झौता सम्पन्न भइसकेको र अब कार्यान्वयन सम्झौता मात्र बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । बर्खा सकिएलगत्तै चिनियाँ निर्माण कम्पनी तातोपानी आएर पहिरो नियन्त्रणको काम सुरु गर्ने तयारी छ ।

     

     

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १४:०९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij