Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शनिबार रातिदेखि मौसम थप सक्रिय, भारी वर्षाको सम्भावना

शनिबार रातिदेखि मौसम थप सक्रिय, भारी वर्षाको सम्भावना


  • 1.1K
    Shares

    शनिबार रातिदेखि मौसम थप सक्रिय, भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मनसुन प्रणाली थप सक्रिय हुने जनाएको छ। मनसुनको प्रभाव बढेसँगै देशका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

    महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा उल्लेख्य वर्षा भएको छ। शनिबार पनि पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा वर्षा जारी रहने अनुमान गरिएको छ।

    विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लामा भारी वर्षाका कारण पहिरो जाने, नदी तथा खोलामा पानीको सतह बढ्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    यात्रामा निस्कने वा लामो दूरीको यात्रा गर्नेहरूले मौसम तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि महाशाखाले सुझाव दिएको छ।

     

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १३:३२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij