Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सरकारलाई डा.गोविन्द केसीको पाँच दिने अल्टिमेटम, तीन माग तत्काल पूरा गर्न आग्रह

सरकारलाई डा.गोविन्द केसीको पाँच दिने अल्टिमेटम, तीन माग तत्काल पूरा गर्न आग्रह


  • 918
    Shares

    सरकारलाई डा.गोविन्द केसीको पाँच दिने अल्टिमेटम, तीन माग तत्काल पूरा गर्न आग्रह
    images

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सरकारसमक्ष तीन बुँदे माग राख्दै पाँच दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएका छन्। माग पूरा नभए साउन ५ गतेपछि सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने चेतावनी उनले दिएका छन्।

    शुक्रबार जारी विज्ञप्तिमा डा. केसीले स्थापित नियम, मापदण्ड र मूल्य-मान्यता विपरीत चिकित्सा शिक्षा आयोग तथा मेडिकल विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्त गरिएको आरोप लगाएका छन्। यस्ता नियुक्तिले चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीमा दीर्घकालीन नकारात्मक असर पर्ने उनको भनाइ छ। 

    उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने लक्ष्य तय गरे पनि त्यसको कार्यान्वयनतर्फ सरकारले आवश्यक पहल नगरेको बताएका छन्।

    डा। केसीले सरकारसँग आयोग तथा नियामक निकायमा गरिएका विवादित नियुक्ति खारेज गर्न, मापदण्डविपरीत निजी मेडिकल कलेजको सिट वृद्धि र छात्रवृत्ति कटौतीसम्बन्धी प्रस्ताव फिर्ता लिन तथा चिकित्सा शिक्षा ऐनको गैरनाफामूलक व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन्।

    उनका अनुसार साउन ५ गतेभित्र यी माग सम्बोधन नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रम पुनः सुरु गरिनेछ र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने उनले बताएका छन्। 

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १३:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij