२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले नजिकै रहेको ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर एक जनामाथि खुकुरी प्रहार भएको छ । उक्त घटनामा वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गएराति दोहोरी साँझको बाहिरतिर सामान्य विवादमा ४ जनाको समूहले शाहीमाथि खुकरी प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गर्ने ३ जनालाई १ थान खुकुरीसहित नियन्त्रणमा लिएको प्रहरीले बताए ।
बोहोराले भने, ‘उहाँको टाउकोमा चोट लागेको र उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह ‘हाल घाइतेको अवस्था मध्यम रहेको छ ।’
पक्राउ पर्नेमा १९ वर्षीय रोशन शाही, पञ्चपुरी १८ वर्षीय भरत बोगटी, १६ वर्षीय सुमन नेपाली रहेका छन्। यस्तै २६ वर्षीय हरिष रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij