२०८३ आश्विन २ गते शुक्रवार
नेपाल विद्युत् प्राधिकरणले आजदेखि साउन ४ गतेसम्म देशभरका सबै महसुल संकलन काउन्टर बन्द रहने जनाएको छ।
प्राधिरकणको कम्प्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखाले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
आजदेखि विद्युत् महसुलमा भ्याट लागू हुने भएकाले एमपावर बिलिङ सिस्टममा भ्याटको प्याच सुचारु गर्नुपर्ने भएकाले काउन्टर बन्द गर्न लागिएको सूचनामा उल्लेख छ।
नेपाल सरकारबाट यसै आर्थिक वर्षदेखि ग्राहकहरूको विद्युत् महसुलमा भ्याट लागू गर्न निर्देशन आएकाले देशैभरीका सबै महसुल काउन्टर बन्द गरेर सिस्टम सुचारु गर्न लागिएको प्राधिरकणले जनाएको छ।
यसअवधिमा पुरानो बिलिङका अनलाइन पेमेन्ट सिस्टमहरू भने यथास्थितिमै चालु रहने पनि सूचनामा उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij