Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

घरमै पसेर व्यापारी कुट्ने कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी

घरमै पसेर व्यापारी कुट्ने कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी


  • 2.0K
    Shares

    घरमै पसेर व्यापारी कुट्ने कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाका सूचना अधिकारी एवम् डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    संघीय सांसद साह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप साहसहित १५–२० जनाको समूह शर्माको निवासमा प्रवेश गरेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

    त्यसपछि पीडित शर्माले प्रहरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा मुद्दा दायर भएपछि सांसद साहमाथि संकट आइलागेको हो । बिहीबार मात्रै एमालेका पूर्व सांसद लक्ष्मी कोइरी महतो सर्वोच्च अदालतको आदेशमा रिहा हुँदैछन्।

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १८:५८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij