२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाडौं आउन लागेका छन् । बिहीबार बेलुकका उनीहरु सिमरा हुँदै विमान चढेर काठमाडौं आउन लागेका हुन् ।
गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाडौंका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पीडितहरूले अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । कुशहवासहित मनोज कुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे,किरण परियार काठमाडौं आउन लागेका हुन् ।
सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij