Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पत्रकारको उपचारमा सहुलियत दिने निर्णय

पत्रकारको उपचारमा सहुलियत दिने निर्णय


  • 1.0K
    Shares

    पत्रकारको उपचारमा सहुलियत दिने निर्णय
    images

    काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ ।

    बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवमा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए । 

    यहाँका प्रदेश अस्पतालले आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई, भिडियो, एक्सरे सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

    नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्त्रालयको सो निर्णयबाट पत्रकारहरू लाभान्वित हुने बताए । 

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १७:१३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij