Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेकपा र कांग्रेस सांसदद्वारा कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता

नेकपा र कांग्रेस सांसदद्वारा कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता


  • 1.0K
    Shares

    नेकपा र कांग्रेस सांसदद्वारा कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र सत्ता साझेदार नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरू मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

    नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम दर्ता गरिएको यस प्रस्तावमा नेकपाका ११ जना सांसद, निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा र नेपाली कांग्रेसका ५ जना सांसदले हस्ताक्षर गरेका छन्। नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरेका छन्।

    केन्द्रमा बदलिएको राजनीतिक समीकरणका कारण बुधबार मात्रै सत्तारुढ दल नेपाली कांग्रेसले कर्णाली सरकार छाड्ने निर्णय गरेको थियो। सरकारमा सहभागी कांग्रेसका ४ जना मन्त्रीले सामूहिक राजीनामा दिए पनि पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिइसकेको थिएन।

    तर, बिहीबार कांग्रेसका केही सांसदहरूले पार्टीको आन्तरिक निर्णय भन्दा अगाडि बढेर प्रतिपक्ष दलसँग मिल्दै मुख्यमन्त्री कँडेललाई पदबाट हटाउने प्रक्रिया सुरु गरेपछि कर्णालीको राजनीतिले नयाँ मोड लिएको छ। गठबन्धन भत्किएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कँडेलले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने कानुनी अवस्था सिर्जना भएको छ।

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १७:०९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij