Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी


  • 813
    Shares

    विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी
    images

    काठमाडौं । एमाले नेता विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ । 

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालय पौडेलसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्न लागेको हो ।

    यसअघि दीपक भट्टसहितलाई सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिसकेकाले अभियुक्तविरुद्ध पूरक अभियोगपत्र लैजाने लागिएको विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भिमसेन काफ्लेले जानकारी दिएका छन् ।  एमाले नेता पौडेललाई स्रोत नखुलेको सम्पत्ति लुकाउन भूमिका खेलको आधारमा मतियारमा सजाय माग गर्दै अभियोगपत्र दर्ताको तयारी गरेको छ ।

    पूरक अभियोगमा करिब ३३ करोड रुपैयाँ बराबर रकम, विभिन्न कित्ताका १५० रोपनी भन्दा बढी जग्गा र तीन लाख ७५ हजार कित्ता शेयर कारोबारमा सम्पत्ति शुद्धीकरणको अभियोग लगाउँदै विशेष अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको छ । 

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १६:४४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij