Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीले ३ प्रतिशत 'स्वास्थ्य समता शुल्क' तिर्नुपर्ने

भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीले ३ प्रतिशत 'स्वास्थ्य समता शुल्क' तिर्नुपर्ने


  • 995
    Shares

    भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो,  बिरामीले ३ प्रतिशत 'स्वास्थ्य समता शुल्क' तिर्नुपर्ने
    images

    काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थाहरूमा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने निर्णय गरेसँगै आगामी साउन १ गते शुक्रबारदेखि निजी अस्पतालहरूमा उपचार सेवा थप महँगो हुने भएको छ।

    यो नयाँ कर प्रणाली कार्यान्वयनमा आएसँगै निजी क्षेत्रबाट सञ्चालित अस्पताल, ल्याब, नर्सिङ होम, पोलिक्लिनिक तथा निजी मेडिकल कलेजहरूको सेवा शुल्क बढ्ने र यसको प्रत्यक्ष मार बिरामीमाथि पर्ने देखिएको छ। नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ को दफा १७ मा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा अनुसूची-८ बमोजिम स्वास्थ्य समता शुल्क लगाई असुल उपर गरिनेछ।’ 

    यसरी सङ्कलन गरिने शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच बढाउन र देशको स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने सरकारको योजना छ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ३ प्रतिशत कर उठाउने घोषणा गरेका थिए। सोही घोषणा बमोजिम भोलि साउन १ गतेदेखि नै स्वास्थ्य संस्थाहरूले सेवाग्राहीबाट यो शुल्क लिन सुरु गर्नेछन्। 

    नयाँ नियम अनुसार, साउनदेखि बिरामीले निजी स्वास्थ्य संस्थामा लिने बेड चार्ज, डाक्टरको शुल्क, ल्याब टेस्ट, अपरेसन लगायतका सबै सेवाहरूमा ३ प्रतिशत अतिरिक्त शुल्क बुझाउनु पर्ने भएको छ। 

    अब कुनै बिरामीको कुल उपचार खर्च १० हजार रुपैयाँ आयो भने, अब त्यसमा ३ प्रतिशत अर्थात् ३०० रुपैयाँ ‘स्वास्थ्य समता शुल्क’ थपिएर कुल १० हजार ३०० रुपैयाँ तिर्नुपर्नेछ। यसले गर्दा मध्यम र न्यून वर्गीय नागरिकलाई निजी क्षेत्रमा उपचार गराउन थप आर्थिक कठिनाइ हुने देखिएको छ।  

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १६:२५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij