Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिशूली नदीमा हामफालेर एक व्यक्ति बेपत्ता, खोजीकार्य जारी

त्रिशूली नदीमा हामफालेर एक व्यक्ति बेपत्ता, खोजीकार्य जारी


  • 1.0K
    Shares

    त्रिशूली नदीमा हामफालेर एक व्यक्ति बेपत्ता, खोजीकार्य जारी
    images

    काठमाडौं । नुवाकोटको त्रिशूली बजार नजिकै रहेको नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेर बेपत्ता भएका छन्। नुवाकोट प्रहरीका अनुसार बिहीबार दिउँसोको समयमा ती व्यक्तिले पुलबाट नदीमा फाल हानेका हुन्। 

    बेपत्ता हुनेमा विदुर नगरपालिका-१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती रहेका छन्। नदीमा हामफालेको जानकारी स्थानीयबासीले दिएलगत्तै उद्धारका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको छ। 

    तीव्र बहाव रहेको त्रिशूली नदीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले बेपत्ता मग्रातीको खोजी तथा उद्धार कार्य जारी राखेको छ। उनले नदीमा किन हामफाले भन्नेबारे अहिलेसम्म कारण खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १६:०१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij