Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कारोबारसँगै बढ्यो शेयर बजार

कारोबारसँगै बढ्यो शेयर बजार


  • 1.6K
    Shares

    कारोबारसँगै बढ्यो शेयर बजार
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७।५० अंकले बढेर २,५९७ को विन्दुमा कायम भएको छ । 

    आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.६२, विकास बैंक ०.०८, लगानी ०.११, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.११, अन्य ०.३१ तथा व्यापार ०.३२ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन ०.११, जलविद्युत् ०.३४, होटल तथा पर्यटा ०.०९ र फाइनान्स समूह ०.६६ प्रतिशत घटेको छ ।

    फर्स्ट माइक्रोफाइनान्सको १४.६७, चिरख्वा हाइड्रोपावरको १४.३४, पियोर इनर्जीको १३.९७, माइखोला हाइड्रोपावरको १२.५२, सयपत्री हाइड्रोपावरको ८.५५ प्रतिशत मूल्य बढेको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७७, भुजुङ हाइड्रोपावरको ४.३५, स्वेतगंगा हाइड्रोपावरको ४.१९ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा सिंगटी हाइड्रो इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिडी पावर, आँखुखोला जलविद्युत् र कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ ।

    यसैबीच भोलिदेखि सेयर बिक्रीमा बढेको पूँजीगत लाभकर लागु हुने भएको छ । १ वर्षभन्दा कम अवधि होल्ड भएको सेयरको नाफामा १० प्रतिशत र १ वर्षभन्दा बढी अवधि होल्ड भएको सेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ । यसअघि बजेटमा घोषणा गरिएको यो व्यवस्था भोलि साउन १ बाट लागु हुँदैछ ।

    आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २३ करोडको कारोबार भएको छ । एनआरएनको २२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १५:४३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij