Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारी कर्मचारीको बढेको तलब भोलिदेखि कार्यान्वयनमा आउने

सरकारी कर्मचारीको बढेको तलब भोलिदेखि कार्यान्वयनमा आउने


  • 1.5K
    Shares

    सरकारी कर्मचारीको बढेको तलब भोलिदेखि कार्यान्वयनमा आउने
    images

    काठमाडौं । नेपाल सरकारले बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको तलब वृद्धिको व्यवस्था आगामी साउन १ गते शुक्रबारदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउने भएको छ।

    सरकारले आर्थिक वर्ष २०८३\८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको थियो। नयाँ व्यवस्था अनुसार साउन महिनादेखि कर्मचारीहरूले २१ प्रतिशतसम्म बढेको पारिश्रमिक प्राप्त गर्नेछन्। 

    बजेट मार्फत सरकारले सबै तहका राष्ट्रसेवक कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो। यसका साथै, कर्मचारीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन ‘कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गरिएको छ। यस प्रणाली अन्तर्गत नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको थप व्यवस्था गरिएको छ। 

    यी दुवै प्राविधिक व्यवस्था र यसमा थपिने अन्य सुविधाहरू जोडिएर कर्मचारीहरूको कुल पारिश्रमिकमा करिब २१ प्रतिशतको वृद्धि हुनेछ। यो नयाँ तलबमान र भत्ताको व्यवस्थाले बजार महँगीको मारमा परेका निजामती कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा सार्वजनिक सेवामा रहेका जनशक्तिलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।  

    salary.jpg

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १५:३१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij