Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितद्वारा औपचारिक टोली गठन

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितद्वारा औपचारिक टोली गठन


  • 911
    Shares

    सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितद्वारा औपचारिक टोली गठन
    images

    काठमाडौं । सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ ।

    मिटरब्याज पीडितहरू असार २५ देखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका बेला सरकारसँग निरन्तर वार्ता भइरहेको छ । बाराको निजगढमा हालसम्म गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता सम्पन्न भइसकेको छ ।

    आन्दोलनरत पक्षले गृहमन्त्रीले स्वीकार गरिसकेको ६ बुँदे सहमति-पत्रको मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान दोहोर्‍याएको छ। लिखित सहमति नभएसम्म पैदल न्याय मार्च नरोकिने र आवश्यक परे काठमाडौंतर्फको यात्रा पुनस् अघि बढाइने आन्दोलनको चेतावनी छ ।

    आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन् ।

    सरकारसँगको आगामी चरणको वार्तामा यही औपचारिक टोलीले आन्दोलनरत मिटरब्याज पीडितहरूको प्रतिनिधित्व गर्ने जनाएको छ ।


    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १४:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij