Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया


  • 1.3K
    Shares

    पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
    images

    काठमाडौं । मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ ।

    नेकपा (एमाले) का पूर्वउपाध्यक्ष शाक्यको आज बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो । हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

    अस्पतालका मुटुरोग विभागका प्रमुख डा.अशोक अधिकारीका अनुसार नेत्री शाक्यलाई बिहान छाती दुखेका कारण अस्पताल ल्याइएकामा परीक्षणबाट ‘हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सन)भएकाले ‘एन्जियोप्लाष्टी’ गरिएको हो ।

    शल्यक्रियामा डा अधिकारी, डा प्रबिन्द्र महर्जन, डा. आनन्द जिसीको टोली संलग्न थियो । 

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १३:११:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij