Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोटरसाइकलमा किशोरको शव राखेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ

मोटरसाइकलमा किशोरको शव राखेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ


  • 1.6K
    Shares

    मोटरसाइकलमा किशोरको शव राखेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ
    images

    काठमाडौं । सप्तरीमा एक १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ। यो घटना दुर्घटना मात्र हो वा हत्या हो भन्ने विषयमा थप गम्भीर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले जानकारी दिए। 

    मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका-५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय एक्ला छोरा मोहम्मद सादिक रहेका छन्। प्रहरीले शवसहित भारतको मधुवनी खतौनी पिपराहीका २८ वर्षीय मो। सादर नटलाई पक्राउ गरेको हो। उनी बोदेबरसाईन नगरपालिका-५ स्थित सोनु मिट हाउसका कामदार रहेको प्रहरी स्रोतले जनाएको छ।

    प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले बिसनपुर–बोदेबरसाईन सडक खण्डमा शंका लागि बीआर–३२ बी–९७६४ नम्बरको भारतीय अपाचे मोटरसाइकललाई पछ्याएको थियो।

    त्यसक्रममा मोटरसाइकलमा सवार दुई जनाले दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोज्दा स्थानीयको सहयोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। 

    घटनाको विरोधमा आक्रोशित आफन्तजन तथा स्थानीयवासीले बिहीबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कठौनामा ३० मिनेट सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए। प्रहरीले फरार रहेका अर्का अभियुक्तको खोजी तीव्र पारिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १२:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij