Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारले गर्‍यो ६ सचिवको सरुवा, कसको जिम्मेवारीको कहाँ ?

सरकारले गर्‍यो ६ सचिवको सरुवा, कसको जिम्मेवारीको कहाँ ?


  • 946
    Shares

    सरकारले गर्‍यो ६ सचिवको सरुवा,  कसको जिम्मेवारीको कहाँ ?
    images

    काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोटलमा परिवर्तन गरिएको छ । 

    बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएका डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्‍याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । 

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेको सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुर्‍याइएको छ । नयाँ बनाइएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई पुर्‍याइएको छ भने राष्ट्रिय सतर्कता केन्द्रमा विश्वबाबु पुडासैनी पुगेका छन् ।

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १२:३८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij