२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा आगामी साउन १ गते शुक्रबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ।
कर्णाली प्रदेश सरकारले यस पर्वलाई उत्सवका रूपमा मनाउन प्रदेशव्यापी बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक सङ्घ–संस्थाहरूमा बिदा दिइएको जनाएको छ।
यसअघि प्रदेश सरकारको २०८२ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले वर्षभरि दिइने बिदाहरूको सूची तय गर्दा साउने संक्रान्ति र देउडा पर्वका दिन बिदा दिने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम यो सूचना प्रकाशित गरिएको मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ। कर्णालीमा देउडा पर्व र साउने संक्रान्तिलाई सांस्कृतिक महत्त्वका साथ मनाउने गरिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij