Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा

प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा


  • 764
    Shares

    प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
    images

    काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न जाँदा आफूमाथि नेपाल प्रहरीले गरेको बर्बर दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । 

    अस्पतालबाट डिस्चार्ज भएपछि एक विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिएको बताएका छन् ।

    अन्सारीका अनुसार कीर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनलाई र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो । क्यामेराले नदेख्ने ठाउँमा लगेर १०-१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, मेरो मेडिकल हिस्ट्रीमा प्रहरी कुटपिट भन्ने शब्द समेत लेख्न नदिन कोसिस गरियो, क्याबिनभित्रै सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।

    हाल अस्पतालबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा बेड रेस्टमा रहेका अन्सारीले स्वास्थ्य सामान्य भएपछि आफूमाथि भएको नियोजित घेराबन्दी र यातनाका विरुद्ध कानुनी लडाइँ लड्ने स्पष्ट पारेका छन् ।   

     

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - ११:०७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij